गृहमन्त्रालयको आदेश, ‘दशैंमा सिडिओ र सुरक्षा प्रमुखले जिल्ला नछाड्नु’

काठमाडौं ।  गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई दशैं विदाको अवधीमा जिल्ला नछाड्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाद्धारा जारी विज्ञप्तीमा चाडवाडमा कोरोना जोखिम बढ्ने हुदाँ नियन्त्रणका लागि हरसम्भव प्रयास र उपाय अबलम्बन गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन , घुमफिर नर्गन र जहाँ छौं त्यही रहेर चाडवाड मनाउन समेत आग्रह गरेको छ ।

चाडवाडको समयमा बजारमा उपभोग्य बस्तुको सहज आपूर्ती व्यबस्था मिलाउन साथै गुणस्तरहिन बस्तु विक्रि वितरण वा कालोबजारी गरेको पाइएमा तत्काल कानुनी कारवाहीको लागी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत मन्त्रालयले दिएको छ ।

कमेन्टहरु
Loading...