स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्, ‘कोरोना संक्रमितले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्छ’

सरकारले कोरोना संक्रमितको परीक्षण र उपचार नागरिक आफैंले गर्नुपर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा परीक्षण र उपचार आफैंले गर्नुपर्ने बताएका हुन् ।

उनका अनुसार आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भए मात्र सरकारी खर्चमा परीक्षण र उपचार निःशुल्क गरिने छ ।

कमेन्टहरु
Loading...