काठमाडौं l हिन्दु धर्मालम्बीको महान चाड दशैँ तिहारको अवसरमा नयाँ गीत ‘मयाँले’ सार्वजनिक भएको छ। गीतमा प्रयोग गरिएका शब्द तथा लयका भाकाहरु म्याग्दी जिल्लाको विभिन्न भु-भागहरुमा युगौँदेखि गाईदै आएका भाका तथा शब्दहरुलाई समेटिएको छ। गीतमा शब्द र संगीत संकलन प्रकाश दुतराजले गरेका छन्।
सम्भोज मल्ल, धुर्व जिसि, प्रकाश दुतराज, विष्णु रीजाल, शान्ता वर्देवा र बसन्ती थापाको स्वरमा सजिएको गीत अर्जुन थापाले एरेन्ज गरेका हुन्। म्याग्दी जिल्लाको आकर्षक विभिन्न ठाउँको दृश्य गीतमा देखाइएको छ।गीतको भिडियो भने भुपेन बाँनियाले गरेका हुन्। गीतमा सुनिल बानियाँ, विविदजंग थापा, जीवन कार्की, नविन बानिया, निर्देश चोखल लगायतका कलाकारको अभिनय रहेको छ। गीतका गायक मध्येका एक रिजालले यस गीतका बारेमा केही तथ्यहरू गीत सृजना गर्नु पुर्व म्याग्दी जिल्लाको विभिन्न भुभागहरूमा पुगेर त्यहाँको कला संस्कृतिको अध्धयन गरिएको बताए। ‘त्यहाँको कला र संस्कृतिलाई विश्वव्यापी गर्ने उदेश्यका साथ दशै तिहार लक्षित गरेर मयाँले गीत प्रस्तुत गरेका छौ’, उनले भने।