पोखरा/पोखरा महानगरपालिकालाई चाइनाको कुन्मिङ शहरले ३० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोे छ । पोखरा महानगरको भगिनि शहर कुन्मिङले आईतबार उक्त सामाग्री हस्तान्तरण गरेको हो । पोखरा महानगर बिदेश बिभागका प्रतिनिधि लक्ष्मण तिमिल्सिनाले संचालन गरेको उक्त कार्यक्रममा पोखरा महानगरको चिन सल्लाहका बिश्व शंकर पालिखेले पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसिलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
कुन्मिङ शहले २० हजार थान सर्जिकल माक्स,२ हजार एन नाइन्टी फाइभ माक्स,७५० थान पिपिइ गाउन र ४५० थान थर्मोमिटर हस्तान्तरण गरेको हो । उक्त सामाग्रीको प्रयोग पोखरा महानगरपालिकाले कोरोना नियन्त्रणका लागि प्रयोग गर्ने मेयर जिसिले बताए ।
महानगरका चिन सल्लाहकार बिश्व शंकर पालिखेले भने यस अघि पनि केहि स्वास्थ्य सामाग्री महानगरलाई हस्तान्तरण गरिसकेको जानकारी दिएका थिए ।
