पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका वडा नम्बर ९ की ७० वर्षीय महिलाको आज बिहान ८ बजे ४५ मिनेट जाँदा ज्यान गएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५० पुगेको छ ।
पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप १८ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । उनीहरु २३ तथा ४९ वर्षीय महिला हुन् ।
पोखरा ७ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ महिला तथा ४ पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६ वर्षीय महिला छिन् । त्यस्तै ४८, ५२, ५४ तथा ५७ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ८ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २५ र ३९ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा ११ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २१ तथा ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १५ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाकी २३ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
१६ नम्बर वडाकी ४६ वर्षीय १ जना महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना पुरुष तथा २ जना महिला रहेका छन् । सो वडाका ३२ तथा ४८ वर्षीय पुरुष र १७ तथा ४३ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा ३० की २७ वर्षीय १ जना महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिपी अस्पताल तनहुँमा कार्यरत महिला रहेका छन् ।
लमजुङमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको राइनास तथा मध्यनेपालका हुन् ।
गोरखाका ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गण्डकी, पालुङटार तथा भीमसेनथापाका हुन् ।
बाग्लुङका ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित बैमिनी, बरेङ तथा बाग्लुङ नगरपालिकाका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ७ सय २४ पुगेको छ ।