सन्तोष र समिक्षाको “एउटै मुटु” पोष्टर सार्वजनिक

पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत “एउटै मुटु” गीतको पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा कलाकारद्वय प्रथम क्षेत्री र एन्जिला बानियाँले अभियन गरेको जस्तो देखिन्छ । इश्वर खडका “विशाल” को शब्द रहेको गीतको संगीत बाबुल गिरीले गरेका हुन् । गिरीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोलाई प्रथम क्षेत्रीले निर्देशन गरेका छन् । म्युजिक भिडियोको सुटिङ सम्पन्न भइसकेको छ । अबको १० दिन भित्र भिडियो सार्वजनिक हुने गरी सम्पादन कार्य भइरहेको निर्देशक प्रथम क्षेत्रीले जानकारी गराएका छन् । उनका अनुसार भिडियोको ट्रेलर सोमबार सार्वजनिक हुनेछ ।

एउटै मुटु मा प्रथम सँगै एन्जिला बानियाँको अभिनय छ । दुई दिन लगाएर काठमाडौंमा सुटिङ गरिएको गीतबाट गायक सन्तोष बस्याल आशावादी देखिन्छन् । यसअघि मैले तिमीलाई माया गर्दा, रेशम फिरिरी, ढाट्यो मायाले लगायतका गीत सार्वजनिक गरेका बस्यालको चर्चित गायिका समिक्षासँग पहिलो युगल गीत हो । उसो त पछिल्लो समय समिक्षाको एक पछि अर्को गीत सार्वजनिक भइरहेको छ । अधिकारी समेत उक्त गीत मार्फत आशावादी देखिन्छिन् ।

कमेन्टहरु
Loading...