नेपालमा थप ३१ सय ६७ लाई कोरोना पुष्टि, पछिल्लो पटक १२ जनाले ज्यान गुमाए

पोखरा । नेपालमा थप ३ हजार १ सय ६७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप ३ हजार १ सय ६७ जनालाई पछिल्लो २४ घण्टाको अवधीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

हाल नेपालमा ३८ हजार ७ सय ३८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । नेपालमा १५ हजार ४ सय ३८ जनाको पछिल्लो २४ घण्टाको अवधीमा पिसिआर परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १ हजार ८ सय जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा थप १२ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय २७ पुगेको छ ।

कमेन्टहरु
Loading...