झापा । कोरोना भाइरसको संक्रमणबाट एकैरात झापाका दुईजना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन्। मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ५८ वर्षीय पुरुष रहेका छन्।
उनको घरमा नै मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ।
क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो।
शुक्रबार राति उनको मृत्यु भएको परिवारले जनाएको छ।