लुम्बिनी प्रादेशिक अस्पतालमा १ संक्रमितको मृत्यु

लुम्बिनी। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत १ जना पुरुषको आज बिहान मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिएका छन् ।

कोरोना संक्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताए ।

उक्त अस्पतालमा ३ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिएका छन् । योसँगै आजसम्ममा कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

कमेन्टहरु
Loading...