फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्दो एकैदिन ३० हजार बढीमा संक्रमण पुष्टि

काठमाडौँ । फ्रान्समा बिहीबार एकै दिन ३० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि बुधबार २२ हजार ५९१ जनामा सक्रमण देखिएको थियो । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् ।

 

 

 

पछिल्लो समय बढ्दो संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरिसकेको छ। शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्देज गरिएको छ ।

 

 

यो बन्देज कम्तिमा चार हप्तासम्म रहने बताइएको छ । विश्व स्वास्थ्य संगठनले मनिसहरुको जीवन जोगाउन जनस्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आवश्यक रहेका बताएको छ। राष्ट्रपति इमानुयल म्याक्रोले दैनिक संक्रमितको संख्यालाई ३ हजारभन्दा कम गराउने कोशिस गरिरहेको बताएका छन् ।

अहिले यूरोपमा लाखौँ मानिसहरुलाई कोरोनाको दोस्रो लहर सुरु हुने क्रममा रहेकोले नयाँ गाइडलाइन्सको पालना गर्न भनिएको छ। शनिबारदेखि लण्डनमा इनडोर सामाजिक कार्यक्रममा पनि रोक लगाइएको छ ।

 

 

फ्रान्स, इटली, पोल्याण्ड तथा र जर्मनी जस्ता देशहरुमा बिहीबारदेखि परीक्षणलाई ठूलो मात्रामा बढाइएको छ। बिहीबार रुसमा मात्रै २ सय ८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणले रुसमा यति धेरै मानिसले ज्यान गुमाएको यो पहिलो घटना हो।

कमेन्टहरु
Loading...