नेपालले पपुवान्युगीनीलाई ७ विकेटले हरायो, चार खेलमा तीनमा विजयी

पोखरा, ४ मंसिर /युएईमा जारी विश्व ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले आफ्नो चौथो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराएको छ । शारजहास्थित अन्तरास्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटीङ गरेको पपुवा न्यूगीनीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाउँदै १९।५ ओभरमा भेट्टाएको हो ।

नेपालका लागि कप्तान पारस खडकाले १९ बल खेल्दै २६ रन बनाएका थिए । यस्तै ६ छक्का हानेका विनोद भण्डरीले २३ बलको आक्रमक इनिङ खेल्दै ५१ रन बनाए । यसअघि सुवास खकुरेलले ३७ बल खेल्दै ३८ रन बनाए ।१७ बल खेलेका सागरले पनि १० रन बटुलेका थिए । १४ बल खेलेर आउट हुनुअघि ज्ञानेन्द्र मल्लले १० रन बनाएका थिए ।

गेरियन्ट जोन्सले पिएनजीका लागि सर्वाधिक ५३ बल खेल्दै ५५ रनको महत्वपूर्ण पारी खेलेका थिए । महारु दाइले ३६ रन बनाएका थिए। पिएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका छन् । अमृत भट्टराईले २ तथा जितेन्द्र मुखियाले १ विकेट लिएका थिए ।
यसअघिका समान तीन खेलमा दुबै राष्ट्रले दुईमा जित र एकमा हार ब्यहोरेका छन् । नेपालले आफ्नो पहिलो खेलमा डेनमार्कलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा केन्यालाई ६ विकेटले हराएको थियो । सोमबारको तेस्रो खेलमा भने स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

समूह ‘बी’मा रहेको नेपाल ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । यस्तै पपुवा न्यूगीनी नेपाललाई रन रेटमा पछि पार्दै दोस्रो स्थानमा छ । १६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष ६ स्थानमा रहने टोलीले आगामी वर्ष बंगलादेशमा हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छन् ।

कमेन्टहरु
Loading...