पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ जिल्लाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर १ मा २ पुरुष र १ महिला , वडा नम्बर २ मा १ पुरुष , वडा नम्बर ५ मा १ जना पुरुष , वडा नम्बर ४ मा ४ जना महिला र १ पुरुष गरि थप १० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेशको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ९४ पुगेको छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
थप एकको मृत्यु
त्यस्तै तनहुँ जिल्ला, ब्यास नगरपालिका वडा नम्बर ३ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजको भेन्टिलेटरमा उपाचरत उनको २८ गते राति ११÷५० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
उनमा कोरोनाको संक्रमणका साथै मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।