काठमाडौँ । प्राविधिक समस्याका कार ण बिहीबार देखि भक्तपुरको कोरियामैत्री नगरपालिका अस्पतालमा पीसीआर परीक्षण बन्द भएको छ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि पीसीआर परीक्षण नगरिने अस्पतालले जनाएको छ । अस्पतालले प्राविधिक समस्या बताएपनि पीसीआर परीक्षण गर्ने ६ जना प्राविधिक कर्मचारी बिदामा बसेपछि परीक्षण प्रभावित भएको हो।