कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने : मन्त्री ज्ञवाली

 

काठमाडौं । बुधबार कोरला नाका अवलोकन गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने बताएका छन् ।

उद्योग तथा आपूर्ती मन्त्री लेखराज भट्ट, विभिन्न मन्त्रालयका सचिव र अन्य पदाधिकारीहरुसँग नाकाको अवलोकन गरेपछि मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

 

 

उनले एकीकृत जाँच चौकीको निर्माण र कालीगण्डकी करिडोर स्तरोन्नती मार्फत यसलाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने र मुस्ताङका जनताको विकाससम्बन्धी वर्षौं पुरानो सपना साकार हुने बताएका छन् । पछिल्लो समयमा नेपाल र चीनको विचमा सो नाका संचालका सम्बन्धमा छलफल भइरहेको छ ।

 

चीनतर्फ पर्याप्त पूर्वाधारको निर्माण भएपनि नेपालतर्फ हुने अझै पनि पूर्वाधारको निर्माण भने हुन सकेको छैन । मानसरोवर जानका लागि पनि कोरला नाका प्रयोग गर्न सकिन्छ ।

 

सरकारले नाकामा आवश्यक भन्सार, क्वारेन्टाइन, सुरक्षा चौकी लगायतका संरचना निर्माणका लागि जग्गाको व्यवस्थापन समेत गरिसकेको छ ।

कमेन्टहरु
Loading...