पोखरा । पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षाण्का क्रममा थप १० जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित पोखराको गण्डकी मेडिकल कलेजका ५ जना रहेका छन् । उक्त अस्पतालका ३६, ३८ तथा ६० वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अस्पतालकी ३५ तथा ३६ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु सोही अस्पतालमा उपचारका लागि पुगेका थिए ।
चरक मेमोरियल अस्पतालका ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २४ वर्षीय १ जना महिला सहित ४९, ६०, ७३ तथा ७७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । २४ वर्षीय महिला सोही अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत रहेकी छिन् । अन्य ४ जना भने उपचाररत बिरामी हुन् ।
आज बिहान समेत कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ का १ तथा पोखराका ३८ जनालाई संक्रमण पुष्टि भएको थियो ।
बाग्लुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर २ का २३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनी नेपाली सेना हुन् । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ८७ पुगेको छ ।