पोखरा । पोखरा महानगरपालिकाले शहरका मुख्य सडकमा आधुनिक अस्पाल्ट कंक्रिट प्रविधीमा स्तरोन्नती थालेको छ ।
पोखरा–८ न्युरोड सभागृह खण्डबाट सडकको स्तरोन्नती थालिएको हो ।
पोखराका अधिकांश सडकमा रहेका खाल्डाखुल्डीेका कारण दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भैरहेका बेला महानगरपालिकाले शहरका मुख्य सडकहरु स्तरोन्नती थालेको हो ।
प्रदेश, सडक डिभिजन र महानगरपालिले छुट्टा छुट्टै रुपमा पोखराको जिरो किलोमिटर हल्लनचोक , शहिद चोक हुदैं मुस्ताङ्गचोक , सिर्जनाचोक राष्ट्र बैंक हुदैं विरौटा चोक , पृथ्वीचोक महेन्द्रपुल केआइसिहं पुल हुदै महेन्द्र गुफा , अमरसिहंचोक रानिपौवा महेन्द्रपुल र बुद्धचोक बनक्याम्पस हुदै फुलवारी होटलसम्मको कुल २५ किलोमिटर बाटो स्तारोन्नती गर्नेछन् । जसमध्य पोखरा महानगरपालिकाले ९ किलोमिटर स्तरोन्नती गर्नेछ भने बाँकी प्रदेश र सडक डिभिजन कार्यलयले गर्नेछन् ।
महानगरपालिकाले सडक स्तरोन्नतीका लागि २० करोड रुपैयाँ अनुमान गरेको थियो । तर अहिले १७ करोडमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ ।
महानगरका इन्जिनियर ध्रुब भट्टराइले करिब १७ करोडको लगातमा स्तरोन्नती हुने सडकको आयु ८ वर्षसम्म रहेकोे जानकारी दिए ।
तीन देखी चार महिना भित्र बाटो बनिसक्ने महानगरपालिका उनले बताए ।
‘महानगरपालिकाले मुख्य सडक स्तरोन्नतीको काम सुरु गरेको छ दशैको समयमा केही व्रेक होला त्यसपछि निरन्तर काम हुनेछ ३ देखी ४ महिनामा सकिन्छ’,उनले भने ।
यसअघि महानगरले न्युरोड सभागृह सडकलाई मर्मत गर्दा काम गुणस्तरहिन भएको भन्दै चर्को आलोचना भएको थियो ।