कुटपिटपछि हत्या गरेको आरोपमा स्याङ्जामा १ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले महिलाको कुटपिट पछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई हाल जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ कालीमाटीमा बस्दै आएका ४१ वर्षीय कृष्ण परियार रहेका छन् ।

परियारले असोज २५ गते साँझ जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ पुतलीखेत जाने ठाडो बाटोको किनारमा सोही स्थानकी ३५ वर्षीय मनकुमारी नेपालीलाई निर्घात कुटपिट पछि घाइते अवस्थामा छाडेर फरार भएका थिए ।

नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको थियो ।

पक्राउ परेका परियारलाई ज्यान मुद्धा सम्बन्धी कसुर शीर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...