उपत्यकाका सबै अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय

पोखरा । सरकारले काठमाण्डाै उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको छ ।

उपत्यकामा कोरोना सङ्क्रमितको उपचारका लागि सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू तथा अक्सिजन कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग गर्ने पनि निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...