इन्सेकद्धारा स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनाका असोज २६ गते रुपा गाउँपालिका–५ मा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालावीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडा नं ५ मा रहेको देउराली स्वास्थ्य चौकीले गर्ने सेवा प्रवाह , समस्या, चुनौती र समाधानमा विषयमा छलफल भएको थियो ।

कार्यक्रमा बोल्दै महिला स्वास्थ्य स्वम्सेविका चुना क्षेत्रीले आफु अझैपनि पुरानै उपचार पद्धति र तालीममा आधारित रहेर सेवा दिइरहनुपरेको बताउँदै अहिलेको परिवेश मिल्दा तालिमहरुको खाँचो औल्याउनु भयो ।

स्वास्थ्य स्ंवय्मसेविका लक्ष्मी श्रेष्ठले आफुले महिला स्वास्थ्य सेविका बनेको ८ महिना वितिसक्दा पनि आवश्यक तालिम नपाएको गुनासो गर्नुभयो ।

‘आठ महिना भैसक्यो तर अहिलेसम्म साधारण तालिम पनि प्राप्त गरेकी छैन , सेवा चाँही दिइरहेकी छु’,उहाँ भन्नुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले स्वास्थ्य सेविकाहरुलाई तालिमको व्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘म आएको धेरै भएको छ मात्रै एक महिना भयो समस्या पहिचान गर्दै समाधानको प्रयास गर्नेछु’,उहाँले भन्नुभयो ।

स्थानिय बाबुलाल श्रेष्ठले स्वास्थ्यचौकीमा निशुल्क प्राप्त गर्ने औषधी के के हुन् र के के छन् भन्ने वारेमा नागरिकहरुलाई थाहा नभएको बताउनुभयो ।

स्वास्थ्य चौकीमा खोपहरुको उपलब्धता नहुँदा सेवाग्राही फर्कुनपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

देउराली स्वास्थ्य चौकी व्यबस्थापन समिति प्रमुख तथा वडा सदस्य राजन खनालले निशुल्क औषधीहरु उपलब्ध गराउन सक्नेसम्म सबै औषधी उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालमा भएका कमजोरीलई नागरिक स्तरबाट औल्याइ समय समयमा सुधारका लागी सुझाव दिइरहन आग्रह गर्नुभयो ।

वडा नं ५ का वडाअध्यक्ष टेक बहादुर वडाअध्यक्ष हुनुभन्दा अगाडी आफु इन्सेकले गठन गरेको मानवअधिकार निगरानी समुहको संयोजक रहेर मानवअधिकारका सवालमा काम गर्ने अवसर जुरेको बताउँदै नागरिकहरुको अधिकार प्राप्तीका सवालमा इन्सकेको क्रियाशिलता प्रशंसायोग्य रहेको बताउनुभयो ।

उहाँले शिक्षा , स्वास्थ्य , खाद्य र आवासका सवालमा इन्सेकसंग सहकार्य गर्दै नागरिकहरुको अधिकार सुनिश्चित गराउन सदैव तयार रहेको बताउनुभयो ।

कमेन्टहरु
Loading...