मुख्यमन्त्री शाहीद्वारा कर्णाली प्रदेशका सचेतक निस्काशित, नयाँ सचेतकमा सीता नेपाली नियुक्त

पोखरा । कर्णाली प्रदेशको प्रदेशसभाका उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ । प्रदेश मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुमाबजंग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर सो पद सांसद सीता नेपालीलाई दिएका छन् । मुख्यमन्त्री शाहीका अनुसार शाहको कामकारवाही सन्तोषजनक नभएको भन्दै जिम्मेवारीबाट पदमुक्त गरिएको हो ।

कमेन्टहरु
Loading...