पोखरा । गायक श्याम जिटी र समिक्षा घर्तीको स्वरमा रहेको ‘ताला चावीले’ भन्ने म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत थम्बरबहादुर गायकको छ भने संगीत संयोजन साहिल गायकले गरेका छन् ।
नेत्र गुरुङको छायांकन तथा निर्देशनमा बनाईएको उक्त म्युजिक भिडियोको सम्पादन सविन गायकले गरेका छन् । गीतमा विदेशिनु वाध्यता र फर्किएर आउँदा पछिको विछोड देखाइएको छ ।
भिडियोमा श्याम जिटी, समिक्षा घर्ती, नविन बोगटी, निरु थापा मगर, सेमिका जिटी, अनिल घर्ती, रुद्र बहादुर थापा मगर र शिव बहादुर अधिकारीले अभिनय गरेका छन् ।