काठमाडौं । सरकारले चाडवाडको समयमा पुनः लकडाउन हुन सक्ने संकेत गरेको छ ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने भन्दै संवेदनशिल बन्न आग्रह गरे ।
तत्काल लकडाउन र निषेधाज्ञा गर्ने कुरा प्राथमिकतामा नरहेपनि सरकारको आग्रहको अवज्ञा भए पुनः लकडाउन गर्न वाध्य हुने उनले बताए ।
नागरिक सचेत भए चाडबाडको समयमा लकडाउन गर्ने अवस्था नआउने मन्त्री ज्ञवालीको भनाइ थियो ।
मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको भन्दै नागरिकहरूलाई सचेत हुन अपिल गरे ।