पोखरा चरक अस्पतालका दुई जना स्वास्थ्यकर्मीसहित २१ र गण्डकी प्रदेशमा ६२ संक्रमित

पोखरा/पोखराका २१ सहित गण्डकी प्रदेशमा ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । पोखराका संक्रमित मध्ये दुई जना पोखरा नागढुङ्गामा रहेको चरक मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरामा टेलिकममा कार्यरत एक महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले बताएको छ ।


निर्देशनालयका अनुसार बागलुङमा नेपाली सेनामा कार्यरत ३० र नेपाल प्रहरीमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरुसँगै बाग्लुङमा ३६ जनामा कोरोना संक्रमण भएको छ । यसैगरि लमजुङका थप ५ जनामा पनि कोरोना संक्रमण भएको छ ।
निर्देशनालयका अनुसार आजसम्म गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ४७५३ पुगेको छ ।

कमेन्टहरु
Loading...