मदन आश्रीत स्मृति प्रतिष्ठानमा वैरागी

पोखरा । मदन आश्रीत स्मृति प्रतिष्ठान कास्कीको अध्यक्षमा दामोदर वैरागी चयन भएका छन् ।

शनिवार पोखरा भएको प्रतिष्ठानको साधारण सभाबाट वैरागीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा प्रभा कोइराला ,सचिवमा मिना गुरुङ,कोषाध्यक्षमा नन्दलाल शर्मा ,सहसचिव पुष्पराज तिमिल्सिना चयन भएका हुन् ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य  मान बहादुर जिसीले प्रतिष्ठानले सबैलाई समेट्ने गरि आफ्ना कार्यक्रमहरु अगाडी बढाउनुपर्ने बताए ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले कुनै पनि प्रतिष्ठानलाई गुट वा उपगुटको रुपमा बुझ्न नहुने बताए ।

साधारण सभाले विधानमा रहेका केही विषयलाई संशोधन गरेको छ ।

कमेन्टहरु
Loading...