युवा सजगता अभियानको केन्द्रीय सदस्यमा योगी नियुक्त

पोखरा । युवा सजगता अभियानको केन्द्रीय सदस्यमा रेशम योगी नियुक्त भएका छन् । अभियानका अध्यक्ष चिन्तन पौडेलका अनुसार अभियानको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम सञ्चालनका लागि सक्षम युवा योगीलाई केन्द्रीय सदस्यमा नियुक्ति गरिएको हो ।

अभियानले दिएको कुनै पनि जिम्मेवारी आफूले पूर्णरुपमा संस्थाप्रति उत्तरदायित्व बहन गर्दै पालना गर्ने नवनियुक्त केन्द्रीय सदस्य योगीले गन्थन डटकमलाई बताए । ‘मलाई योग्य ठानी सदस्यमा नियुक्त गरेको छ, संस्थाप्रति आभार प्रकट गर्दै दिइएको जिम्मेवारीको पालना गर्नेछु ।’ उनले भने ।

‘सामजिक विकासबाट नै राष्ट्रको उन्नति सम्भव छ भन्ने मुल नारालाई आत्मसात् गर्दै युवा सजगता अभियान सञ्चालित छ ।’ योगीलाई दिइएको पत्रमा लेखिएको छ, ‘युवा सजगता अभियान एउटा सामाजिक अभियान हो । युवामा राजनीतिप्रतिको वितृष्णालाई कम गराउने, देशमै रोजगारीको अवसर खोज्ने, शिपमुलक तालिम र दक्ष जनशक्ति निर्माण गरि उद्यमशील बनाउने संस्थाको लक्ष्य हो ।’ पत्रमा लेखिएको छ ।

कमेन्टहरु
Loading...