पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लव कास्को अध्यक्षमा पुनः डम्मर सिंह बस्नेत सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार भर्चुअल रुपमा गरिएको तेस्रो वार्षिक साधारण सभाबाट गौरीशंकर सहकारी हेमजाका प्रवन्धक बस्नेत सहित ११ जनाको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा कोन सामुदायिक सहकारीका प्रवन्धक अपिल कोईराला, सचिवमा सरल नमुना सहकारीका प्रवन्धक हरी प्रसाद पन्थी, कोषाध्यक्षमा पृथ्वी सहकारीका प्रवन्धक मोहन प्रसाद अधिकारी, सहसचिवमा नयन सहकारी प्रवन्धक सन्तोष त्रिपाठी र सदस्यहरुमा प्राईम सहकारी प्रवन्धक निरु थापा, शुभसौगात सहकारी प्रवन्धक सन्तोष रानाभाट , मित्र मिलन सहकारी प्रवन्धक किरण अधिकारी , लेखनाथ सामुदायिक सहकारी प्रवन्धक शंकर प्रसाद पौडेल , जनसेवा सहकारी प्रवन्धक प्रेमसागर अधिकारी र औद्योगिक मजदुर सहकारी प्रवन्धक सुजता ढुङ्गाना सर्वसम्मत चयन भएको संस्थाका उपाध्यक्ष अपिल कोइरालाले जानकारी दिए ।
साधारण सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी वैंक सिइओ बद्री गुरागाँइ , सहकारी अभियान्ता भिम गुरुङ्ग , क्लवका संस्थापक अध्यक्ष मिलन ढकाल , उपाध्यक्ष अपिल कोइराला लगायतले बोलेका थिए ।
संस्थामा १ सय ९ जना सदस्य रहेका छन् ।
कार्यसमिति चयनका लागी कमल मोहन आचार्य संयोजक रहेको निर्वाचन मण्डलमा राष्ट्रिय सहकारी बैंक शाखका म्यानेजर सन्तोष घिमिरे , नेफस्कुन ईन्चार्ज रिशव राज रेग्मी सदस्यको रुपमा रहेका थिए ।