प्रधानमन्त्री ओलीका राजनीतिक, परराष्ट्र तथा प्रेस सल्लाहकार कोरोना संक्रमणमुक्त

काठमाडौं । असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीका ३ जना सल्लाहकार कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकाकर राजन भट्टराई तथा प्रेस सल्लाहकार सूर्य थापा कोरोना संक्रमण मुक्त भएका हुन् ।

प्रेस सल्लाहकार थापाका अनुसार बिहीबार गरिएको पिसिआर परीक्षणका क्रममा ३ जनाको नै रिर्पोट नेगेटिभ आएको हो ।

३ जना कै कन्ट्याट ट्रेसिङमा परेका परिवारका सदस्य बाहेक अन्यको भने स्वाब परीक्षण गर्दा नेगेटिभ आएको थियो ।

कमेन्टहरु
Loading...