पोखरा महानगरपालिका वडा नम्बर ५ मा वडा बाल मञ्च गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा दिपाली भट्टराईको अध्यक्षतामा बाल मञ्च गठन भएको छ । बालबालिकाको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ मञ्च गठन गरिएको हो ।

१३ सदस्यीय गठित मञ्चको उपाध्यक्षमा भूमिका विक, सचिवमा सुप्रिम बराल, कोषाध्यक्षमा प्रतीक्षा चापागाईं चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सम्भव अधिकारी, अनिशा तामाङ, प्रसंसा बराल, संजिता भण्डारी, कच्चन विक, आशिष गौतम, रीपा श्रेष्ठ तथा अनिश गिरी रहेका छन् । मञ्चले वडाको समन्वयमा बालबालिका हितका साथै क्षमता अभिवृद्धि गराउने कार्य गर्नेछ ।

मञ्च गठन कार्यक्रमका प्रमुख अतिथि सोही वडाका वडाध्यक्ष धनबहादुर नेपालीले वडा सधैं बालबालिकाको पक्षमा रहेको र रहिरहने बताए । विभिन्न आमा समुह, टोल विकास समिति, बुद्धिजीवि तथा समाजसेवीको उपस्थितिमा भएको बाल मञ्च गठन कार्यक्रममा सहजकर्ताका भूमिका वडा सदस्य उज्वल खत्रीले गरेका थिए ।

कमेन्टहरु
Loading...