पोखरामा कोरोनाबाट १ जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट आज बिहान १० बजेर ४३ मिनेट जाँदा ज्यान गएको हो ।

उनलाई असोज १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । सोही दिन साढे ३ बजे उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मृतक पुरुष हाइपरटेन्सन, डाइबेटिज्, तथा मृगौलाको रोगबाट ग्रसित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी ११ औं संक्रमित रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...