हेटौंडा । मकवानपुरमा २० महिला तथा ३८ जना पुरुष गरेर ५८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ९७ जनाको स्वाब परीक्षण गर्दा ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकाशं हेटौंडा उपमहानगरपालिका भित्रकै रहेका छन् ।
