पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बुधबार राति पोखरा ६ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा बिरुवा गाउँपालिका घर भइ हाल पोखरा १५ नयाँगाउँमा बस्दै आएका २८ वर्षीय विवेक गुरुङको ज्यान गएको हो । उनी सवार ग १६ प ५०६ नम्बरको मोटरसाइकल राति साढे १ बजे डिभाइडरमा ठोक्किदा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा राति साढे २ बजे ज्यान गएको हो ।
