पोखरा । गण्डकी प्रदेशमा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विकी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नवलपरासी (ब.सु.पू) का ८ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गैंडाकोट, हुप्सेकोट, कावासोती तथा देवचुलीकालाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै लमजुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिकाका महिलालाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ४ सय १० पुगेको छ ।