सन् २०२२ का लागि डिभी लोटरी आवेदन आज बुधबार देखि खुल्ला हुदैछ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाए अनुसार आज अर्थात अक्टोबर ७ बुधबार अपरान्ह १२ बजेदेखि (अमेरीकी समय अनुसार) र नेपाली समय अनुसार बेलुका ९ः४५ बजेदेखि नोभेम्बर १० अपरान्ह १२ बजेसम्म (नेपाली समय अनुशार बेलुका ९ः४५ बजेसम्म) डिभी लोटरी भर्न सकिने भएको हो ।
एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि अयोग्य हुने भएकाले एउटा व्यक्तिलाई एउटामात्र आवेदन दिन सुझाव दिइएको छ । २०२२ को डिभी लोटरीका लागि नेपालीहरु योग्य हुनेछन् ।
तर बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिकहरु योग्य हुनेछैनन् ।
धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न पनि सुझाव दिइएको छ । ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ ।
एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द हुनेछन् ।
अमेरिकी सरकारको वेवसाइटमा गरेर डिभी भर्न सकिन्छ । त्यसका लागि कुनै शुल्क तिर्न पर्दैन । अमेरिकी सरकारको वेवसाइटमार्फत डिभी भर्न एकदमै सहज रहेको छ ।
भिसा कन्सुलेट वा भिसा एजेन्टविना आफैले डिभी लोटरीको फर्म भर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।