पोखरा । नेपालमा थप ३ हजार ४ सय ३९ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा थप ३ हजार ४ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
नेपालमा हाल २५ हजार ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १ हजार १ सय २६ जना कोरोमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
नेपालमा हाल २ सय ३३ जनाको आइसियु तथा ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै नेपालमा सोलुखुम्बु, मनाङ तथा मुस्ताङ कोरोना संक्रमित मुक्त जिल्ला हुन् ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ५ महिला सहित १० जना पुरुष रहेका छन् । ज्यान गुमाउनेमा सिराहाकी ५० वर्षीय, रौतहटकी ७२ वर्षीय तथा दाङकी ७१ वर्षीय महिला रहेकी छिन् । त्यस्तै काठमाडौंका २ महिलाले कोरोनाबाट ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा ६६ तथा ७२ वर्षीय महिला रहेकी छिन् ।
पछिल्लो २४ घण्टाको अवधीमा मोरङका ४० र ७० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काठमाडौंका ४ जना पुरुषले ज्यान गुमाएका छन् । ४५, ५३, ६४ र ६९ वर्षीय काठमाडौंका पुरुषले कोरोनाबाट ज्यान गुमाएका छन् ।
यस्तै ललितपुरका ४६ वर्षीय, चितवनमा ६१ वर्षीय, रुपन्देहीका ५५ तथा नवलपरासीका ७६ वर्षीय पुरुषको समेत पछिल्लो २४ घण्टाको अवधीमा कोरोना संक्रमणबाट ज्यान गएको छ ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५ सय ७८ पुगेको छ ।