पोखरा । पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय पुरुष तथा वडा नम्बर ६ का ३५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ८ का २ जनालाई महिलालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १८ तथा २५ वर्षीय महिला रहेका छन् ।
यस्तै पोखरा ९ का ३९ वर्षीय पुरुष तथा वडा नम्बर १२ का २४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा १७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ वर्षीय महिला तथा ३३ वर्षीय पुरुष रहेका छन् ।
संक्रमित सबै जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
आज बिहान समेत पोखरामा ४ जनालाई संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ३ सय ७५ पुगेको छ ।