मकवानपुर । बागमती प्रदेशको राजधानी रहेकाे मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
साेमबार दिनभरमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकामा ३८ जना,बागमती गाउँपालिकामा ७ जना,थाहा नगरपालिकामा ३ जना, मनहरी गाउँपालिकामा १ जना, मकवानपुरगढी गाउँपालिका १ जना र जिल्ला बाहिरको १ जना गरी ५१ जना रहेका छन् ।