गन्थन डेस्क
पोखरामा आज थप २३ जना संक्रमित पुष्टी भएका छन् । अद्यावधिक विवरण अनुसार पोखराका २३ सहित गण्डकी प्रदेशमा नयाँ ४५ जना संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४५ जना संक्रमितहरुको विवरण रहेको छ ।
पोखरा महानगरपालिका वार्ड नं २८, १७, १०, २५, ९ का क्रमशः ३१, ३७, ३३, ४८, २३, ३४, ४२ वर्षीय संक्रमितहरु र गोरखा जिल्लाका दुवैजना संक्रमित भारतबाट आएका हुन् । त्यस्तै, वार्ड नं ७ का ४५ र ३७ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् ।
अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिंग मार्फत पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
त्यस्तै, लमजुङमा १३, पर्वतमा २ र तनहुँमा ५ जना संक्रमित पुष्टी भएका छन् ।
संक्रमितहरुलाई आइशोलेसनमा लैजाने तयारी भइरहेको छ । यससहित प्रदेशमा संक्रमितको संख्या ४ हजार ३०९ पुगेको छ ।