नेकपा संसदीय दलकी सचेतक चौधरीलाई कोरोना पुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार कोरोना परीक्षण गराएकी थिइन् । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबार परीक्षण गराउँदा पोजेटिभ रिर्पोट आएको हो । उनलाई खोकी लाग्ने, ज्वरो आउने तथा पखाला लाग्ने जस्ता कोरोनाका लक्षण समेथ देखिएको बताइएको छ । आफूसंग अम्पर्कमा आएकाहरुलाई सचेत रहन समेत उनले आग्रह गरेकी छिन् ।

कमेन्टहरु
Loading...