२८ वर्षीय सोमिकाले जन्माइन् ५ शिशु

काठमाडौं । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार ५ वटा शिशुलाई जन्म दिएकी छन् ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा उनले पाँच शिशुलाई जन्म दिएकी हुन्।

अस्पतालका अनुसार जन्मिएका ५ मध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र चार जना जीवित रहेका छन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा  डा दिप्ति श्रेष्ठ, डा नमिता सिङदेनको टोलीले शल्यक्रिया गरेको थियो ।

आमाको स्वास्थ्य स्थिती सामान्य रहेको छ भने जीवित जन्मिएका चार शिशु एनआइसियूमा अस्पतालले जानकारी दियो ।

कमेन्टहरु
Loading...