दिननाथ बराल
पोखरा २, मंसिर/बजारमा नुनको अभाव हुने हल्ला, हल्ला मात्र भएको साल्ट–ट्रेडिङ कर्पोरेशनले जनाएको छ । केहि दिन यता यातयात बन्दको प्रभावले गर्दा केहि पसलहरुले नुन प्रयाप्त मात्रमा नराखेका कारण तथा हल्लामा उपभोक्ताहरुले आवश्वक भन्दा बढी नुन खरिद गरेकोले केहि पसलहरुमा अभाव देखिए पनि साल्ट्र–टेडिङ कर्पोरेसनसंग ६ महिनालाई पुग्ने नुन भएको जनाएको छ ।
पोखराका केहि साना पसलेहरुले नुन नभएको जनाए पनि केहि ठुला किराना पसलेहरुले भने प्रति व्यक्ति एक पोका नुन दिने गरेका छन । यसै विच पोखरा क्षेत्रमा समेत केहि पसलहरुमा नुन अभाव भए पनि उपभोक्ताहरु आवश्यकता भन्दा बढी नुन खरिद गर्न लागेकोले साल्ट–ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय पोखराले पोखरा क्षेत्रको लागि करीब २ महिनालाई पुग्ने नुन आफुहरुसंग स्टक रहेको जनाएको छ ।
केहि दिनदेखि पसलेहरुले नुन लिन नआएकोले तथा बजारमा अनावश्यक नुन अभाव भएको हल्लाले गर्दा उपभोक्ताहरुले आवश्यकता भन्दा बढी नुन खरिद गरेकोले पनि केहि पसलहरुमा नुनको अभाव भए पनि साल्ट टेड्रिङ पोखरा कार्यालयमा प्रयाप्त मात्रमा नुन भएको साल्ट्र–टे«डिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय पोखराका जिन्सि प्रमुख संजीप भट्टराईले बताए ।
साल्ट–ट्रेडिङले आफ्नै कार्यालयबाट समेत खुद्राको रुपमा नुन विक्रि वितरण गर्दै आएको भट्टराईले जनाए । उनले भने “नुन बजारमा अभाव हुनु हुदैन, यदी अभाव भए हाम्रो कार्यालयमा आउनुहोस प्रति केजी नुनको पोका १३ रुपैयामा दिने गरेका छौं ।” मंसिर ६ गतेदेखि सवै कार्यालयहरु खुल्ने भएकोले वातावरण सहज हुने भएकोले पनि नुनको कुनै अभाव नहुने भएकोले नुन नपाईने हल्लाको पछि नलाग्न भट्टराईले आग्रह गरे ।