काठमाडौं । विभिन्न मागहरु राखेर १९ औं पटक अनसन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । डा केसीले औषधी लिन मानिरहेका छैनन् । उनलाई नाती दुख्ने तथा सास फर्न समस्या उत्पन्न भएको हो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पछि अहिले उनलाई अक्सिजन सर्पोटमा राखिएको छ ।
डा केसीले भदौ २९ गतेबाट चिकित्सा सुधार लगायतका मागहरु राखेर जुम्लाबाट आफ्नो १९ औं अनसन सुरु गरेका थिए । जुम्लाबाट सुरु गरेको भए पनि अनसनको ९ औं दिनमा उनी काठमाडौं आएर अनसनलाई जारी राखेका छन् ।
अनसन बसेको लामो समय बितिसकेको र उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भए पनि वार्ताका लागि अहिलेसम्म सरकारले कुनै चासो लिएको छैन ।