गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै, आज ८१ जना थपिए

पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासी (ब.सु.पू) मा २६ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको मध्यविन्दु अस्पतालमा कार्यरत २ जना अस्पतालको ल्याबमा कार्यरत, १ जना अनमी तथा २ जना सहयोगी गरेर ५ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १ महिला तथा ४ जना पुरुष रहेका छन् । त्यस्तै अन्य संक्रमित देवचुली, विनयत्रिवेणी, कावासोती तथा गैंडाकोटका हुन् ।

यता बाग्लुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको जैमिनी नगरपालिका ४ का २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित दुवै जना भारतबाट आएका हुन् ।

स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १० का पुरुष हुन् । उनी भारतबाट आएका हुन् ।

तनहुँका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको ब्यास नगरपालिकाका हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ९७ पुगेको छ ।

कमेन्टहरु
Loading...