काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा र अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा थापा, केसी, शम्भुलाल श्रेष्ठसहितका नेतामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
शुक्रवार नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २ सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो ।
संक्रमण पुष्टि भएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ।