फेरी स¥यो नेकपाको सचिवालय बैठक

पोखरा । आज अपरान्ह ४ बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोलि आइतबार दिउँसो ४ बजेसम्मका लागि स्थागित गरिएको जानकारी दिएका छन् ।

आइतबार बस्ने बैठकमा पार्टी एकिकरणका बाँकी काम, सरकार पुनःगठन तथा पछिल्लो दिनमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीसँगको सल्लाहबिना गरेका सरकारी नियुक्तिका बारेमा छलफल गर्ने बताइएको छ । पार्टीका २ अध्यक्ष ओली र पुष्पकमल दाहालबीच हिजो शुक्रबार छलफल भएको थियो ।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताउँदै आएका छन् ।

कमेन्टहरु
Loading...