चेन्नईमाथि सनराइजर्सको रोमान्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत शुक्रबार राती भएको खेलमा महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किङ्सलाई सनराइजर्स हैदराबादले सात रनले हराएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार हो ।

हैदरावादको जितमा प्रियम गर्गले नटआउट ५१ रन जोडे । यसैगरी डेभिड वार्नरले २८, मनिष पाण्डेले २९ र अभिषेक शर्माले ३१ रन योगदान गरे । जोनी बेयरस्टो शून्य रनमा आउट भए भने केन विलियम्सनले ९ र अब्दुल समादले ८ रन बनाए । बलिङतर्फ दीपक चहारले २ विकेट लिए ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा १६५ रनको लक्ष्य पछ्याएको चेन्नाईलाई तेस्रो ओभरमा ठूलो झट्का लाग्यो । भुनवेश्वर कुमारको बलमा शेन वाटसन बोल्ड भए । वाटसनले १ रन मात्र बनाउन सके । यो चोटबाट उठ्ने प्रयास गरेको चेन्नाईका अम्बाती रायडुलाई टि नटराजनले बोल्ड गरेर अर्को एक झट्का दिए । नटराजनले ८ रन मात्रै बनाउन सके ।

त्यसअघि एक रन बटुल्ने कोसिस गर्दा फाफ डु प्लेसिस रन आउट भएका थिए । उनले १९ बलमा चार चौकाको सहयोगमा २२ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका केदार जाधव १० बलमा ३ रन मात्रै बनाएर आउट भए ।

टिमको सम्मानजनक स्कोर बनाउन महेन्द्रसिंह धोनीले नटआउट ४७ रन बनाए । ३६ बल सामना गर्दा उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी रविन्द्र जडेजाले अर्धशतक बनाए । ३५ बल सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । साम कुरान १५ रनमा नटआउट रहे । बलिङतर्फ टी नटराजनले २ विकेट लिए ।

कमेन्टहरु
Loading...