प्रहरी जवान र ५ वर्षिय बालिका सहित गण्डकीमा थप १७ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र गोरखा गरि ३ जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्की जिल्लामा थप १० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पोखरा महानगरपालिका रहेका छन् । महानगर वडा नम्बर १३ का ३ जना पुरुष , वडा नम्बर ८ का १ महिला र १ पुरुष , वडा नम्बर ६ का २ महिला , २४ का १ पुरुष , वडा नम्बर १४ का १ पुरुष र वडा नम्बर १३ का १ पुरुष गरि महानगरमा थप १० जनामा संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का २४ र २३ वर्षिय २ जना पुरुष पोखरामा कार्यरत नेपाल प्रहरी हुन् ।

यता गोरखामा पनि ५ जनामा संक्रमण पुष्टि भएको छ । गोरखा वडा १२ का १ महिला र १ पुरुष त्यस्तै बारपाक सुलि वडा नम्बर ३ का १ पुरुष । वडा नम्बर ८ का १ महिला र आरुद्दाट वडा नम्बर ४ का १ पुरुषमा गरि थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यता तनहुँमा पनि थप २ जनामा संक्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका वडा नम्बर २ कि ५ वर्षिय बालिका सहित वडा ६ का पुरुषमा संक्रमण पुष्टि भएको छ ।योसँगै निर्देशनालयले दिएको विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ पुगेको छ ।

कमेन्टहरु
Loading...