हेमजा । पोखरा ४ स्थित नेलम्बो नेपालले बिहीवार माछापुच्छ्रे गाउँपालिका–६, धितालका ६ वटा विद्यालयलाई सहयोग गरेको छ।
हाल कोभिड-१९ को विषम परिस्थितिलाई मध्यजनर गर्दै त्यसको संक्रमण नफैलियोस र सर्तकताका साथ विद्यालय सञ्चालन होस् भन्ने हेतुले स्वास्थ्य सामग्री सहयोग गरिएको लम्बो नेपालका जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले बताए ।
जसअनुसार भुमेश्वर मावि, वराह मावि, भुमेश्वर आवि, इन्द्रेणी आवि, कैलाश टेत्सुओ विद्यालय र जनकल्याण आविलाई एक-एक वटा थर्मल गन, प्राथमिक उपचारका औषधीहरु प्रदान गरिएको छ।
वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गानाको रोहवरमा नेलम्बो नेपालका जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई ति सामग्री हस्तान्तरण गरेका हुन्।
विद्यालयहरुको तर्फबाट धन्यवाद दिदै भुमेश्वर माविका प्रध्यानाध्यपक रामजीप्रसाद पौडेलले नेलम्बो नेपालले धितालमा रहेका सम्पूर्ण विद्यालयलाई समय समयमा सहयोग उपलब्ध गराएर शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याएको बताए ।
वडाध्यक्ष हरिशचन्द्र ढुङ्गानाले समस्यामा आफूले नेलम्बो नेपाललाई सम्झदै आएको स्पष्ट पार्दै नेलम्बोले ति समस्या समाधानमा सहयोग पुर्याउदै आएको भनाई राखे ।
नेलम्बोले बिहीवार जिल्ला कारागार कास्की स्थित बन्दी परिवारका ६ आश्रित बालबच्चालाई लत्ताकपडा तथा स्टेशनरी पनि सहयोग गरेको छ । जिल्ला कारागारका शाखा अधिकृत केशव लामिछानेको रोहवरमा सामग्री उपलब्ध गराईएको हो।
यसै बीच नेलम्बोले बिहीवारै जिल्ला प्रहरी कार्यालय कास्कीलाई पनि कुल २५ लिटर सेनिटाइजर उपलब्ध गराएको छ ।