युएईमा जारी विश्व ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले केन्यालाई ६ विकेटले हराएको छ ।दुवईको आइसीसी एकेडेमी ओभल २ मा टस हारेर पहिले ब्याटीङ गरेको तीनपटकसम्म विश्वकप खेलिसकेको केन्याले राकेप पटेलको विस्फोटक व्याटीङको सहायताले निर्धारित २० ओभरको खेलमा १८२ रन बनाएको हो ।
केन्याका लागि ४५ बल खेलेका पटेलले १ सय ३ रन बनाएका थिए । यस्तै मोरिस ओउमाले ३७ बल खेल्दै ३७ रन बनाएका थिए । नेपालका लागि जितेन्द्र मुखिया र बसन्त रेग्मीले २-२ तथा कप्तान पारस खड्काले १ विकेट लिएका थिए । अन्य २ खेलाडी रन आउट भएका थिए ।
आफ्नो पहिलो खेलमा नेपालले हिजो डेनमार्कको चुनौती ५ विकेटले पन्छाएको थियो । हिजो भएको पहिलो खेलमा केन्या भने पपुवा न्यूगिनीसँग पराजित भएको थियो ।