बाजेका पर्चा नाति टाँस्दै

रुद्र खड्का
नेपालगन्ज–बाँके ३ का प्रत्यक्षतर्फका उम्मेदवारले आफ्ना नाबालक नातिलाई पम्पलेट टाँस्न लगाएका छन् । नेपाल परिवार दलका प्रत्यक्षतर्फका उम्मेदवार रत्नबहादुर हमालको चुनावी प्रचारप्रसारमा पम्पलेट र पोष्टर टाँस्न बालबालिका प्रयोग गरेका हुन् । संविधानसभा सदस्य निर्वाचन आचारसंहिता, २०७० मा बालवालिकालाई जुलुस, ¥याली, आमसभा, बैठक वा भेलामा सहभागी, प्रचारप्रसार र निर्वाचनसँग सम्बन्धित अन्य कुनैपनि काम वा गतिविधिमा प्रयोग गर्न र गराउन नपाइने भएपनि हमालको प्रचारमा बालबालिका प्रयोग भएका छन् ।

हमालले १५ वर्षीय नाति खगेन्द्र र छिमेकी ११ वर्षीय सुनिल पासीलाई पोष्टर पम्पलेट भित्तामा टाँस्न प्रयोग गरे । उम्मेदवार हमालले आपूmले उनीहरूलाई पठाएको अस्वीकार गरेपनि नेपालगन्ज र धम्बोजी क्षेत्रमा पम्पलेट र पोष्टर टाँस्न काममा प्रयोग भएको पाइएको छ । नेपालगन्जको धम्बोजी क्षेत्रमा पम्पलेट, पोष्टर टाँस्दै गर्दा भेटिएका ११ वर्षीय पासीले पैसा दिने बताएपछि पम्मलेट, पोष्टर टाँस्न आएको बताए । तर पैसा कति र कहिले दिने भन्ने थाहा नभएको उनले बताए । हमालका नाती खगेन्द्रले पम्पलेट, पोष्टर टाँस्न पठाएकाले आएको बताए ।

हमालले भने आफ्नो निर्णयमा नभई जानकारी समेत नदिएर आफै गएको बताए । ‘मलाई पम्पलेट र पोष्टर कसका लागि हो भन्नेर खगेन्द्रले सोध्ने गथ्र्याे,’ हमालले भने,‘भित्तामा टाँँस्ने हो भनेर थाहा पाएपछि आफै लगेर गएछन् र टाँसेछन् ।’ निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत ओम देवकोटाले उम्मेदवारका छोराछोरी जो सुकै भएपनि बालबालिका उम्मेदवारले प्रयोग गर्न नपाउने बताए । आचारसंहिता पालना नभएको वा उल्लङ्घन गरेको देखिएमा निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, आदेश दिने छ र त्यस्तो आदेश बमोजिम काम कारबाही नरोक्ने एक लाख रूपैयाँसम्म जरिवाना गर्न सक्ने एवम् आचारसंहिताको उल्लङ्घन गरेमा उम्मेदवारी रद्द गर्न सक्ने प्रावधान रहेको छ । जिल्लामा मानवअधिकार र बालबालिका क्षेत्रमा क्रियाशील निकायले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग नगर्न आग्रह गरेपनि प्रयोग भइरहेको छ ।

कमेन्टहरु
Loading...