भारतमा कोरोनाबाट मृत्यु भएकाहरु १ लाख नजिक, ६३ लाख संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४ सय ८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हजार ७ सय ७३ हजार पुगेको छ ।

भारतमा ५३ लाख ५२ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४२ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार ५६ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा १ लाख १० हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ ।

केरला राज्यमा ७२ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७ सय ७१ जनाको ज्यान गइसकेको छ । यहाँ १ लाख ३१ हजारभन्दा बढी व्यक्ति निको भएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ६७ लाख नमूना परीक्षण गरेको जनाएको छ । रासस

कमेन्टहरु
Loading...